सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘मुख्य दोषी’लाई प्रधानमन्त्रीले भेटेको खुलासा

 

PushpaKamal Dahal

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीले पक्राउका लागि ‘मस्ट वान्टेड’ सूचीमा राखेका फरार अभियुक्तलाई भेटेको खुलासा भएको छ । प्रहरीले सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई प्रधानमन्त्री जस्तो व्यक्तिले भेटनुलाई मर्यादा विपरीत लिईएको छ ।

गत वर्ष टीकापुरमा दुईबर्र्षे बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका खुल्न आएको छ ।

भारत र नेपालका लव्ध प्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालेस होटलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेको भ्रमण दलमा सहभागी सदस्यले बताएका छन् ।

नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । चौधरीले मञ्चमै पुगेर प्रधामन्त्री प्रचण्डसँग केही समय कानेखुसी गरेको दाहालसँगै भारत भ्रमणमा सहभागी उच्च अधिकारीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्