स्कुलमा सिलिण्डर बम बिष्फोट, दुई पक्राउ
राजधानी काठमाण्डौका दुई बोर्डिङ्ग स्कुलमा एकाबिहानै सिलिण्डर बम बिष्फोट गराईएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनोकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मनोकामना स्कुलमा बिहान ३ः४५ बजे आसपास केही पड्किएको आवाज सुनेको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने बिहान करिब ५ बजेतिर बम बिष्फोट गराईएको पुष्टी गरेको छ । बिष्फोट भएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नामको संयुक्त पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
डल्लुस्थित कञ्चनजंघा स्कुल, बौद्धस्थित राई स्कुल र इस्टपोल स्कुलमा पनि एकाबिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी स्कुलको गेटमा पनि प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको बताईएको छ । स्कुलमा बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तु भेटिएपछी उक्त स्थानमा सवारी आवागमन बन्द गरिएको थियो । फेला परको शंकास्पद वस्तु बम भएको प्रहरीले पुष्टी गरेको छ ।
बमसंगै भेटिएको पर्चा सुमन देवकोटा पार्टीको रहेको अनुमान गरिएको छ । काठमाडौं प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौ प्रहरीले पक्राउको पुष्टि गरे पनि नाम भने सार्वजनिक गरेको छैन । बौद्धमा ५, महाराजगञ्ज र डल्लुमा एक एक गरी ७ वटा बम भेटिएको प्रहरीले पुष्टी गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्