सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यती एयरलाइन्सको विमान चिप्लिएर दुर्घटना

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । अवतरण गर्दा विमान रन वेबाट पश्चिमतिर चिप्लीएर घाँसे मैदानमा पुगेको थियो । दुर्घटनाका परी विमानमा सवार ५ जना यात्रु सामान्य घाईते भएका छन् ।

जहाज विमानस्थलको रन वेबाट चिप्लिएर सुरक्षाका लागि लगाइएको जालीभन्दा केहीपर घाग्रा खोलाछेऊ पुगेको छ । काठमाण्डौबाट सवा चार बजे उडेको जहाज ४ः५५ बजे अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटना परेपछी विमानका सबै ढोका खोली यात्रुलाई सकुशल बाहिर निकालिएको थियो ।

yati-airlines-acciden-in-bhairawa-airport

दुर्घटना परेको जहाज काम नलाग्ने गरी क्षति पुगेको छ । विमानको तीन ओटै पाङग्रा पड्किएको छ । अगाडीको भाग जोतिएर प्वाँल परेको छ भने पखेटा र जहाजको बडी पनि कोतरीएको छ ।

yati-airlines-in-bhairahawa-airport-accident

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् । विमानमा चालक दलका ३ र २९ जना यात्रु गरी ३२ जना सवार थिए । यती एयरलाइन्सले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको पुष्टी गरेको छ ।

yati-airlines-in-bhairahawa-asoj-8-gate

सामान्य चोट लागेकाहरुलाई भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज अफ साइन्समा लगिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद अधिकारीले विमान दुर्घटनामा परेको पुष्टि गर्नुभएको छ । दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र विमानस्थलका कर्मचारीको टोली उद्धार गर्न पुगेको थियो ।

yati-airlines-accident-in-bhairahawa

फेसबुकबाट कमेन्ट गर्नुहोस्