हेलिकप्टरको ईञ्जिन फेल भएपछि ‘फोर्स ल्याण्डिङ’
बिरामी लिन सोलुखुम्बुको जुभिङ गएको माउण्टेन एयरको हेलिकप्टर ठुलो दुर्घटना हुनबाट बचेको छ । आज (आइतबार) बिहान लुक्ला विमानस्थलबाट जुभिङ गाविस गएको उक्त हेलिकप्टरको इञ्जिन बिरामी बोकेर उड्ने वित्तिकै फेल भएको थियो ।
जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले हेलिकप्टरलाई आकस्मीक रुपमा खोला छेउ खेतमा ल्याण्ड गराएका थिए । हेलिकप्टरमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
फाईल तस्विर
आकस्मिक अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ । भीरबाट लडेर गम्भीर घाइते भएका जुभिङ–५ का जसबहादुर राईलाई लिन नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको हेलिकप्टर बिहान करिब ७ बजेतिर जुभिङ गएको थियो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हेलिकप्टर बुक्सा डाँडानजिक सीसाखोलामा आपतकालीन अवतरण गरिएको पुष्टि गर्नुभएको छ । सबैलाई श्री एयरलाइन्सको हेलीकप्टरले उद्दार गरी लुक्ला ल्याइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्