सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

त्रिशुलीमा वेपत्ता पुर्वगृहमन्त्रीका चालकको बयान

पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे मुक्तिनाथको दर्शन गरेर फर्किने क्रममा कार त्रिशुलीमा खसेर दुई सहोदर भाईसहित वेपत्ता हुनुभएको छ । कार दुर्घटनामा परी मृत्यु भएका घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, अंगरक्षक सशस्त्रका सई रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको छ ।

accdent-car-of-madhav-prasad-ghimire

 

कार दुर्घटनामा पुर्वगृहमन्त्रीका निजी चालक बिष्णु राई मात्रै भाग्यले बाँच्न सफल हुनुभएको छ । त्रिशुलीमा खसेको कारबाट उछिट्टिर बाँच्न सफल राईले नै प्रहरीलाई दुर्घटनाको खबर गर्नुभएको थियो । दुर्घटनामा परेको कार दमौलीसम्म राईले नै चलाउनु भएको थियो  ।

चालक राईले भन्नुभयो–‘दमौलीदेखि गाडी उहाँले चलाउनु भएको थियो ।’ दमौलीमा केहीबेर रोकिएपछि मलाई ‘तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउला’ भन्नुभएको थियो । तर, केबलकार नपुग्दै कार त्रिशुलीमा खस्यो ।’

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भन्नुभयो–‘केबलकार चढ्ने ठाउँ आउन एक–दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिट्टिएर गयो केही पनि थाहा पाइँन ।’ घाईते बिष्णु राईको अहिले चितवनको भरतपुर स्थित अस्पतालमा उपचार भईरहेको छ ।

बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ करिब पौने पाँच बजेतिर मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । पुर्वगृहमन्त्री घिमिरेसँगै उहाँका भाईहरु प्रकाशचन्द्र घिमिरे र मोहन घिमिरे पनि वेपत्ता हुनुभएको छ ।

भाई प्रकाशचन्द्र घिमिरे राष्ट्रिय खेलकुद परिषदमा ‘खेलकुद प्रतियोगीता तथा योजना विभाग प्रमुख’का रुपमा कार्यरत हुनुहुन्थ्यो । सह–सचिव श्रेणीका घिमिरेले आमालाई मुक्तिनाथ दर्शन गराउन जान लागेको कुरा केही दिनअघि सहकर्मीसँग सेयर गर्नुभएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्