सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धादिङको लपाङखोलामा बस पल्टिँदा १७ को मृत्यु

marpak-dhading

उत्तरी धादिङको लपाङखोलामा यात्रुबाहक बस पल्टिँदा १७ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङबेसीबाट उत्तरतिर किन्ताङफेदी तर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको बस मार्पाकको लपाङखोलामा पल्टिएर दुर्घटना भएको हो ।

धादिङका एसपी शरद खत्रिले दिनुभएको जानकारी अनुसार गम्भीर घाईते ८ जनालाई उपचारका लागी हेलीकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । घटनास्थलबाट घाइते २० जनाको स्थानीय र प्रहरीले उद्दार गरेका छन् । बस सडकबाट करिब ५०० मिटर तल पल्टिएको बताईएको छ ।

बिहान ७ बजे धादिङबेसीबाट २७ जना यात्रु बोकेर त्यसतर्फ गएको बस साढे ११ बजे लपाङखोलास्थित जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ खसेको हो । बिच बाटोमा यात्रु हालेकाले ओभरलोड भई दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

पहिरोले थुनिएको बाटो स्थानीयबासीले पन्छाएर बस पार गराउने क्रममा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने १३ जना पुरुष र ४ जना महिला रहेका छन् । मृतकको संख्या अँझै बढ्न सक्ने उद्दारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्