सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केटी साथीकोमा गएकी अनुको केटाकोमा मृत्यु

हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छोडिदिए ।

तर, बिहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन–‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला ।’

१७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुवा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकोमा भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किनन् ।

उनी कसरी मरिन् ? मारिइन कि आत्महत्या गरिन पत्तो छैन् । तर, अर्काकोमा ज्यालादारी गरेर, ठूलो कष्ट र प्रेमका साथ हुर्काइएकी सिराहका राजेश साहकी छोरी अनुराधा सोमबार चुपचाप आर्यघाटमा खरानी बनिन् ।

ललितपुरको मानभवन स्थित क्यास्पियन कलेजमा ब्याचलर पढ्दै गरेकी आयुष्मा श्रेष्ठ दाई अनन्तकी साथी थिईन । त्यही कारण पनि उनी आयुष्मासँग नजिक थिइन् ।

शनिबार साँझ परेपछि अनुले आयुष्माकहाँ जाने इच्छा गरिन् । अनन्तले ‘जाने भए जाऊ, तर एक्लै नजाऊ’ भने । त्यसपछि साथीको स्कुटी मागेर अनन्त आफैले बहिनीलाई लगनखेल चोकमा छाडिदिए ।

आयुष्माको घर लखनखेल चोकबाट अलिकति भित्र छ । बहिनीलाई चोकमा छाडेर हिँडेका अनन्त ढुक्क थिए, बहिनी त्यहीँ गएको हो ।

फेरी अनुराधाको माबाइलको डिस्प्ले बिग्रिएको थियो । आएको फोन उठाउन मिल्ने, तर चाहेको फोन गर्न नमिल्ने । भोलिपल्ट बिहानै फर्किन्छु भनेकी अनु फर्किनन् ।

सोध्दाखोज्दा फोन पनि लागेन । अनन्तले आयुष्मालाई फोन गरे तर आयुष्माले बहिनी आफूकहाँ नआएको बताइन् ।

यसपछि बल्ल कहाँ ? के ? भन्ने खोजी भयो । खोजी हुँदाहुँदै अपरिचित नम्बरबाट फोन आयो, सिभिल अस्पताल बोलाउँदै ।

लगत्तै बुवा राजेशलाई प्रहरीले फोनमा भने–‘तपाईंकी छोरी सिरियस छ । अहिले सिभिल अस्पतालमा । छिट्टो आउनुस ।’ परिवारका सदस्यहरु पुग्दा उनले धर्ती छाडीसकेकी थिइन् ।

उनलाई शान्तिनगर गेटमा बस्ने १९–२० वर्षका आशिष हमालले मृत अवस्थामा अपताल पु¥याएका रहेछन । अर्थात, आयुष्माकोमा जान्छु भनेर हिँडेकी अनुराधा पुगेकी रहिछन, आशिषकोमा ।

तीनकुने प्रहरीले आशिषलाई तत्कालै नियन्त्रणमा लियो । आशिषका अनुसार अनुलाई उनको कोठामा स्कुटर चढेर आएका एकजना साथीले छाडिदिएका हुन् ।

अनुसँग साथीहरुमार्फत सामान्य चिनजान भएको उनले प्रहरीलाई बताएका छन् । राति उनले कोठामा वान्ता गरेको शाशिषले बताएका छन ।

अनु बेहोस भएपछी अस्पताल लिएर गएको आशिषले बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सत्यतथ्य छानबिन पछी थाहा हुने प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्