सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाँदर आतंक विरुद्ध सर्वोच्च अदालतमा मुद्दा

monkey-eating-corn

बाँदरले अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएर किसानलाई आतंकित बनाउँदा समेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न आदेश दिएको छ ।

बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले सर्वोच्चमा रिट दिनुभएको हो ।

बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै जिल्ला प्रशासन कास्की, क्षेत्रीय प्रशासन पोखरा, जिल्ला वन कार्यालय, कृषि विकास कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा भूसंरक्षण मन्त्रालय र कृषि विकास मन्त्रालयलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गर्नुभएको हो ।

उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सोमबार ‘निवेदकको माग बमोजिम किन आदेश जारी गर्न नपर्ने हो ?’ भन्दै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकार लगायत सम्बन्धित निकायलाई आदेश दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS