सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चीनसँग सम्झौता गर्न भारतलाई किन सोध्नु; पौडेल

lilamani-paudel

चीनका लागी प्रस्तावित राजदूत लीलामणि पौडेलले भारतको नाम नलिई घुमाउरो पारामा चीनसँग सम्झौता गर्न कुनै अर्को मुलूकलाई सोध्न आवश्यक नभएको बताउनु भएको छ । दुई स्वतन्त्र मुलूक नेपाल र चीनले द्विपक्षीय हितका विषयमा आफु अनुकुल सम्झौताहरु गर्नसक्ने प्रस्तावित राजदुतको भनाई छ ।

बुधबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा प्रस्तावित राजदुत पौडेलले भन्नुभयो–‘चीनसँग सम्झौता गर्न हामीले अर्को कुनै मुलुकलाई सोध्नु पर्दैन ।’ यद्यपि सम्झौताहरु अर्को मुलुकलाई च्यालेन्ज गर्ने नियतले हुन नहुने प्रस्तावित राजदूत पौडेलले बताउनुभयो ।

नेपालले चीनसँग सम्वन्ध सुधार गर्दा वा कुनै सम्झौता गर्दा अमुक देश विरोधी भयो भन्ने मानसिकता गलत भएको पौडेलको तर्क छ । पौडेलले प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा आफुले सहज स्वीकार गर्नुको मुख्य कारण (प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको) सम्झौताको महत्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘दुई देशको सम्वन्धलाई नयाँ उचाईमा लिएर जाने सम्भावना छ । सम्झौताले यो ढोका खोलेको छ । हाम्रो पनि अब चेत खुलेको छ ।’ प्रस्तावित राजदूत पौडेलले चीनसँग भएका सहमति र सम्झौता कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको बताउनुभयो ।

पौडेलले पर्यटनका क्षेत्रमा नेपालले चीनबाट धेरै लाभ लिन सक्ने सम्भावना भएपनि लिन नसकिरहेको बताउनु भएको छ । यसका लागि सहज आवागमन, बजार प्रवद्र्धन र नयाँ गन्तव्यहरुको पहिचानमा ध्यान सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS