सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारत छिर्यो पाकिस्तानी भुमिमा, सिमानामा गोलाबारी

ranbir-singh

उरी हमलाको १० दिनपछि भारत र पाकिस्तानको सीमा क्षेत्रमा पुनः तनाव शुरु भएको छ । भारतीय सेनाले पाकिस्तानको भुमिमा घुसेर थुप्रै शिविरहरुलाई तहसनहस गरी ३८ आतंकबादी मारेको दाबी गरेको छ । उता पाकिस्तानले भने भारतले आफ्नो सैनिक पोष्टमा आक्रमण गरेको र दुई जना सैनिक मारेको पुष्टि गरेको छ ।

भारतीय सञ्चार माध्यममा दिईएको समाचार अनुसार कारवाहीमा अहिलेसम्म पाकिस्तानका ३८ ‘आतंकवादी’ को मृत्यु भएको भारतको दाबी छ । उता पाकिस्तानले भने आतंकवादीका नाममा भारतले खुला अत्याचार गरेको बताएको छ ।

भारतीय सेनाका अनुसार नियन्त्रण रेखा नजिकै चरमपन्थीमाथि सर्जिकल स्ट्राइक्स गरिएको हो । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल रणवीर सिंहले भने–‘यो बुधबार राति भएको हो । जब आतंकवादी नियन्त्रण रेखामा जम्मा भएका थिए ।’

उनका अनुसार आतंकवादीको लञ्च प्याडमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो । यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको र अपरेशन सकिएको भारतीय सेनाले बताएको छ । जनरल रणधीर सिंहले लाइन अफ कन्ट्रोल (एलओसी) पारी सर्जिकल स्ट्राइकको कारवाही रातभरी चलेको जानकारी दिएका हुन ।

सिीमा नजिकै आतंककारी जम्मा भएको र उनीहरु भारतको सीमाभित्र घुस्ने तयारीमा रहेको जानकारी पाएपछि आफूहरुले सर्जिकल कारवाही सुरु गरेको रणवीर सिंहले बताएका छन् । उनले भने, ‘हाम्रो उद्देश्य आतंककारीको उद्देश्यलाई विफल बनाउनु थियो ।’

यता पाकिस्तानी सेनाले भारतको दाबीलाई खण्डन गर्दै एलओसीमा गोलीबारी मात्र चलेको बताएको छ । पाकिस्तानी सेनाका अनुसार गोलीबारी रातको साढे दुई बजेदेखि बिहान चार बजेसम्म चलेको थियो । उनीहरुका अनुसार नियन्त्रण रेखामा बिना कुनै उक्साहट भारतको तर्फबाट भिम्बर, हट स्प्रिंग, केल र लिपा सेक्टरमा गोलीबारी भएको थियो ।

‘भारतको तर्फबाट कुनै सर्जिकल स्ट्राइक भएको थिएन । यो सीमा पारीबाट गरिएको गोलीबारी थियो जुन पहिले पनि हुने गर्दथ्यो ।’ पाकिस्तानी सेनाको तर्फबाट जारी आधिकारीक बयानमा भनिएको छ–‘यदि पाकिस्तानको जमिनमा कुनै सर्जिकल स्ट्राइक भएमा त्यसको कडा जवाफ दिइनेछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS