सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकमा मनपरी नलेखौँ, प्रहरीले समाउला

cyber-crime

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा अपशब्द प्रयोग गरी गाली बेईज्जति गर्ने, अफबाह फैलाउने, मानहानि गर्ने लगायतका अपराधिक कार्य तिब्र रुपमा बढ्दै गएका छन् । जानेर या नजानेर फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछी प्रहरीले पनि त्यही अनुसार कडाई गर्दै आएको छ ।

बेला बेला प्रहरीले सुचना जारी गरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न सचेत गर्दै आएको छ । पछिल्लो पटक प्रहरीले पुन; सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी गाली बेईज्जति नगर्न सबैलाई सचेत गराएको छ । यदी त्यस्तो गरेको पाईएमा कडा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएकाले त्यस्तो कार्य नगर्न सबैलाई सचेत गराएको छ ।

अनुसन्धान विभागको विज्ञप्तीमा भनिएको छ–‘फेसबुक, ट्वीटर जस्ता सबै खाले सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति वा शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पु¥याउने खालका कमेन्ट कोही कसैले नगर्न अनुरोध गर्दछौँ ।’

प्रहरीले भनेको छ–‘यदि कसैको इज्जत तथा प्रतिष्ठामा असर पर्नेगरी अभिव्यक्ति दिएमा वा गालि बेईज्जती गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गरीने छ ।’ प्रहरीले सामाजिक सञ्जालमा अश्लिल अभिव्यक्ति तथा गाली गलौज गरेको पाईएमा खबर गर्न पनि आग्रह गरेको छ । सामाजिक सञ्जालको प्रयोग सामाजिक मर्यादाभित्र रहेर गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्