सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओलीलाई भेटेपछी एक्कासी के भयो गगन थापालाई

gagan-thapa

नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेपछी एक्कासी देश दुर्घटनामा जानसक्ने निष्कर्श निकाल्नु भएको छ । ओलीसँगको छलफल पछिको निश्कर्ष सुनाउँदै मन्त्री थापाले भन्नुभयो–‘निर्वाचन गर्न सजिलो छैन, हामी दुर्घटनामा जान सक्छौं । शक्ति सन्तुलन बदलेर भए पनि चुनाव गर्नुपर्छ ।’

देशलाई दुर्घटनाबाट बचाउन अहिलेको शक्ति सन्तुलन फेरेर भए पनि चुनाव गर्नुपर्ने स्वास्थ्य मन्त्री थापाले बताउनुभएको छ । मन्त्री थापाले कस्तो खालको दुर्घटना र शक्ति सन्तुलन भन्नेबारे भने कुै व्याख्या गर्नुभएको छैन । थापाको शक्ति सन्तुलनको अर्थ सरकारको नेतृत्व हेरफेर गरेरै भए पनि एमालेलाई समेत एक ठाउँमा ल्याउनुपर्छ भन्ने बुझीन्छ ।

शुक्रबार कृष्णप्रसाद सिटौला समूहले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरेको बताउनु भएको थियो । मन्त्री थापाले भन्नुभयो–‘उहाँको पनि चिन्ता छ । हामी वीचमा केही भिन्नता र तिक्तताहरु होलान् । यी सबै कुरालाई टेबलमा राखेर समाधान खोजिएन भने हामी दुर्घटनामा जान्छौं । निर्वाचन गर्न सजिलो छैन ।’

अहिलेको शक्ति सन्तुलनलाई समेत बदलेर भए पनि देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने मन्त्री थापाले बताउनु भयो । थापाले भन्नुभयो–‘यो बेलामा संविधानको कार्यान्वयनको विषयमा अरु कुरालाई बिर्सेर एक ठाउँमा उभिनुपर्छ । बरु अहिलेको यो शक्ति सन्तुलनलाई बदलेर भए पनि एक ठाउँमा कसरी उभिने ? कठोर निर्णय गरेर भए पनि एक ठाउँमा उभिने हो । होइन भने, हेर्दाहेर्दै निर्वाचन गर्न सकेनौँ भने देश ठूलो दुर्घटनामा जान्छ ।’

मन्त्री थापाले भन्नुभयो–‘मैले ०६२÷०६३ को आन्दोलनलाई सम्झिइरहेको छु । त्यो यात्रा अहिले पनि टुंगिएको छैन । कांग्रेसले रिअलाजेसन गर्ने बेला आएको छ । अब यो यात्रालाई निश्कर्षमा पु¥याउनुपर्छ ।’ थापाले आफ्नै पार्टीको आलोचना गर्दै कांग्रेसले आन्दोलनका उपलब्धिहरु कहिल्यै संस्थागत गर्न नसकेको बताउनुभयो । आन्दोलनको नेतृत्व ग¥यौँ भन्ने बाहेक अरु उपलब्धी कांग्रेससँग नभएको थापाको भनाई थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्