सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

pahiro

अविरल वर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले राम्चे गाविस ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिलिसना, उद्धब तिमिल्सिना र उनको श्रीमती सम्झना तिमिल्सिनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रविसेका अनुसार अविरल वर्षापछि आज बिहान ३ बजेतिर घर माथीबाट आएको पहिरोले पुरेर एकै परिबारका तीन जनाको मृत्यु भएको हो । पहिरोले पुरीएका अन्य दुइ जनाको भने स्थानीयले उद्धार गरेका थिए ।

पहिरोले पुरीएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुइ जनाको पहिरोबाट लाश निकाल्ने प्रयास भइरहेको बाह्रविसेबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ । पहिरोले दुइ वटा अस्थाई टहरा समेत पुरीदिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्