सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हात समाएर छमछमी नाचे पारस र हिमानी

paras-and-himani-shah

पुर्व युवराज पारसको विवादमा आईरहने हर्कतका कारण बिग्रिएको पारस–हिमानी सम्बन्ध पुर्व युवराज्ञी हिमानीको जन्मदिनसँगै सुधारको मार्गतर्फ बढेको संकेत देखिएको छ । पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी छमछमी नाचेको देख्दा पाहुनाहरु खुशी भएका छन ।

हिमानीको ४० औं जन्मदिन मनाउन गत शुक्रबार राति सोल्टी होटलमा आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पाहुनाहरुको आग्रहमा पारस र हिमानी छमछमी नाच्नुभएको थियो । पारस सुनाकोठीबाट र हिमानी निर्मल निवासबाट सोल्टी होटल पुगी एकै ठाउँमा बसेर जन्मदिन मनाउनुभएको थियो ।

पुर्वयुवराज पारस पत्नी हिमानी पुग्नुभन्दा अगावै सोल्टी होटल पुगिसक्नु भएको थियो । नेपाली धुनसँगै साँझ ८ बजेबाट सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । हिमानीको जन्मदिनको भोजमा पूर्व राजपरिवारका अधिकांश सदस्यको उपस्थिति थियो ।

हिमानीको जन्मदिन शनिबार भए पनि शुक्रबार नै जन्मदिन मनाइएको थियो । जन्मोत्सवमा भोज स्थल विशेष रूपमा सजाइएको थियो ।
बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूवात गरिएको थियो ।

पुर्व युवराज्ञी हिमानीले केक काटेपछी सबै पाहुनाले शुभकामना दिएका थिए । केक काट्दा पति पारस, पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र हिमानीका छोरा छोरी सँगै थिए । बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल सात बजे सोल्टी पुगेका थिए ।

डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए । नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो । हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए । पार्टी मध्यरातमा सकिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्