सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले आफ्नो राष्ट्र भाषा नेपाली बनाउँछ ?; हरिजन

parliament-meeting

पछिल्लो समय राष्ट्र भाषाको बिषयलाई लिएर चौतर्फि बहस भईरहेका बेला व्यवस्थापिका संसदका हरेक बैठकमा पनि भाषाको विषयले छलफलको स्थान लिन थालेको छ ।

आइतवारको संसद बैठकमा शून्य समय लिएर बोल्दै माओवादी केन्द्रकी सांसद दुलारी हरिजनले हिन्दी भाषालाई पनि राष्ट्रभाषा बनाउनुपर्ने बिषयमा चलिरहेको बहसप्रति आपत्ति जनाउनुभएको छ ।

सांसद हरिजनले भन्नुभयो–‘हिन्दी भाषालाई पनि राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर संसदमा सांसदहरुले कुरा उठाउनुभएको छ । त्यसो भए नेपाली भाषालाई भारतको राष्ट्रभाषा बनाउन पहल किन नगर्ने ?’

सांसद दुलारी हरिजनले अगाडी भन्नुभयो–‘हिन्दीलाई राष्ट्र भाषा बनाउनुपर्छ भन्नेहरुले भन्नुपर्यो के भारतले नेपाली भाषालाई राष्ट्र भाषा बनाउन सक्छ ? हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन के नेपाली भाषाको समाप्ती भएको हो ?’

हरिजनले भारतबाट दशैँ मनाउन नेपाल फर्कने नेपालीहरु सिमानामा लुटिने क्रम बढेको भन्दै सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

मजदुर किसान पार्टीका प्रेम सुवालले शुन्य समयको उपयोग गर्दै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीलाई नेपालको हित बिरोधी प्रस्तावमा हस्ताक्षर गराउन भूमिका रहेको भन्दै कांग्रेस राष्ट्रघातीको पहरेदार पार्टी भएको बताउनुभयो ।

सुवालले भारतले दिल्लीमा प्रधानमन्त्रीलाई टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशमलाल चौधरीलाई योजनाबद्ध रुपमै भेट गराएको आरोप लगाउनुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्