सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘सर्जिकल स्ट्राइक्स’ भारतको झुटो प्रोपोगान्डा

भारतले गरेको भनिएको ‘सर्जिकल स्ट्राइक्स’ केवल झुटको खेती भएको पाकिस्तानी सेनाले दावी गरेको छ । पाकिस्तानी सेनाले सर्जिकल स्ट्राइक्स भएको भनिएको स्थानमा पत्रकारको भ्रमण गराएर सर्जिकल स्ट्राइक्सको प्रमाण माग गरेको हो ।

भारतले सर्जिकल स्ट्राइक्स गरेको भन्दै दुनियाँलाई उल्लु बनाएको दावी पाकिस्तानको रहेको छ । आफ्नो देशको एक इन्च जमिन जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउँदै पाकिस्तानी सेनाले भारतीय प्रोपोगाण्डा असफल भएको बताइसकेको छ ।

भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक्स गरेको दावी गरेपनि त्यसको पुष्टि हुन सकेको छैन । यस विषयमा पाकिस्तानले गरेको पछिल्लो दावीले भारतले दुनियाँलाई उल्लु बनाएको हुन सक्ने आशंका बढेको छ । एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस्