सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एनआरएनए तोचिगीमा गुरुङ्ग र लामाको दाबी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, तोचिगी क्षेत्रिय समितिको आसन्न निर्वाचनमा यसपाली ओम गुरुङ्ग र युवराज लामाबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । एभरेष्टवालसंग कुरा गर्दै गुरुङ्ग र लामाले क्षेत्रिय संयोजकमा दावी गर्दै उम्मेद्वारी दिने बताएका छन् ।

संयोजक पदको लागी वर्तमान कार्यसमितिका उप–संयोजक सोनाम शेर्पाले पनि उम्मेद्वारी दिने मनसाय व्यक्त गरेको एनआरएनए तोचिगीका संयोजक सन्तोष घिमिरेले बताएका छन् । एभेरष्टवालसंगको कुराकानिमा वर्तमान उप–संयोजक सोनाम शेर्पाले पनि आफुले संयोजक पदको लागी उम्मेद्वारी दिने खुलासा गरेका छन् ।

शेर्पाले उम्मेद्वारी दिने ईच्छा देखाए पनि चुनावी प्रतिस्पर्धा भने ओम गुरुङ्ग र युवराज लामाबीच हुने तोचिगीबासी अगुवाहरुको आँकलन छ । गुरुङ्ग र लामाले व्यक्तिगत रुपमै खटेर सदस्य बनाएका छन् भने शेर्पाले सदस्य बनाउन दौडधुप नगरेकोले चुनाव भईहाले पनि प्रधिस्पर्धामा ओम गुरुङ्ग र युवराज लामा नै आउने देखिएको छ ।

संयोजकका दाबेदार गुरुङ्ग वर्तमान कार्यसमितिमा उप–संयोजक छन् भने उनी रेष्टुरेन्ट लगायतका व्यवसायमा संलग्न छन् । हाल तोचिगीकेनको ओतावारामा बस्दै आए पनि गुरुङ् यसअघि तोचिगीसीमै बसेर रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेकाले नेपालीहरुको बाहुल्यता रहेको तोचिगीसीमा पनि उनका साथीभाई र चिनजानको पकड भएकाले बलियो उम्मेद्वारका रुपमा हेरिएको छ ।

संयोजकका अर्का दाबेदार युवराज लामा तोचिगीसीमा हाकेन व्यवसाय र रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । विद्यार्थी कालमा तोचिगीको उचुनोमियामा बस्दै आएका लामाले उचुनोमिया युनिभर्सीटीबाट स्नातकोत्तर (मास्टर डिग्री) अध्यय्न पुरा गरेका छन् । स्थापना कालमै एनआरएनए तोचिगीमा जोडिएका लामा यसपाली संयोजकका लागी मैदानमा उत्रिएका छन् । शालिन र मिजासीलो स्वभावका कारण सबैसंग राम्रो सम्बन्ध बनाएका लामा संयोजकका अर्का बलिया उम्मेद्वार हुन् ।

एभरेष्टवालसंग कुरा गर्दै वर्तमान कार्यसमितिका संयोजक सन्तोष घिमिरेले विधानको मर्म अनुरुप चिर्वाचन कार्यतालिका र निर्वाचन समिति घोषणा लगायतका पक्रियाहरु पुरा गरे पनि सकेसम्म सहमतिमै क्रियासिल र क्षमतावान व्यक्तिहरुलाई मिलाएर तोचिगी एनआरएनएको समिति बनाउन पहल गर्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS