सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

काठमाण्डौको फोहोरबाट यसरी निस्किँदैछ बिजुली

Bio Gas Plant

फाईल तस्विर

यसअघि ओली सरकारले उर्जा संकट समाधानका लागी विकल्पका रुपमा घोषणा गरेको फोहोरबाट बिजुली निकाल्ने प्रविधि जडानको काम अन्तिम चरणमा पुगेको छ । मेसिन जडान भएसंगै अबको एक महिनाभित्र काठमाण्डौको फोहोरबाट बिजुली उत्पादन हुने पक्का पक्की भएको छ ।

काठमाण्डौ महानगरपालिकाले यसलाई नमूना प्लान्टका रुपमा सुरु गर्न लागेको हो । यसले काठमाडौंका सबै जैविक फोहोरलाई बिजुलीमा परिवर्तन गर्न नसके पनि फोहोरको व्यवस्थापनका लागि यस्तो प्लान्ट स्थापना गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

भारतबाट बिजुली निकाल्ने मेसिन किनेर ल्याए लगत्तै त्यसमा जैविक फोहोर हालिएको छ । त्यसबाट ‘ग्यास फर्मेसशन’को काममा सफलता मिलेको छ । प्लान्टमा जम्मा भएको ग्यास बलेकाले अब प्लान्टले योजनाअनुसार प्रतिफल दिन्छ भन्न विश्वास मिलेको छ ।

महानगरको टोली भारतमै पुगेर फोहरबाट बिजुली निकाल्ने मेसिनको अवलोकन गरेर फर्किएपछि परियोजना अघि बढेको थियो । विद्युत प्लान्ट राज एन्ड रिवाज नेपलीज वेस्ट कम्पनीले भित्र्याएको छ । मेसिनलाई भारतको इनिर्जी बीन नामक कम्पनीले निर्माण गरेको हो ।

टेकुस्थित फोहर स्टेशनमा जडान हुने मेसिनले फोहरबाट पहिलो चरणमा बायोग्यास उत्पादन सुरु भएको छ । यही ग्यासबाट प्राप्त हुने शक्तिले बिजुलीको जेनेरेटर अर्थात टर्वाइनलाई चलाइनेछ । जेनेरेटर जडानको काम भने बाँकी छ ।

टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान छ । फोहरबाट उत्पादन हुने बिजुली टेकुको सडकबत्ती र महानगरको कार्यालयमा उपयोग गर्ने महानगरको योजना छ ।

परियोजना अन्तर्गत दैनिक तीन सय टन जैविक फोहर प्रशोधन गरेर बिजुली निकालिने छ । छानिएको जैविक फोहरलाई सुरुमा मेसिनले धुलो बनाउनेछ । त्यसपछि फोहरलाई प्लान्टमा कुहाइनेछ । कुहिएको फोहोरबाट बायोग्यास निकालेर त्यसबाटै बिजुली निकालिने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS