आमाको मायाँः बेवारिसे शिशु जंगलमा भेटियो
प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक) बेवारिसे अवस्थामा फेला परेको छ । नयाँ गाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो । बिजुली–८ निवासी सिर्जना थापाले स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कँदै गर्दा आइतबार दिउँसो शिशु भेटाएकी थिइन् ।
थापाले सो शिशुलाई सोमबार प्रहरीको जिम्मा लगाएकी छिन । जिल्ला अस्पताल विजुवारमा स्वास्थ्य परीक्षण गरेर प्रहरीले शिशुलाई महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । शिशुको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।
जिल्ला बाल अधिकार अधिकृत यादप खनालले प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेकाले कानुनी प्रक्रिया पूरा गरी शिशुको हेरचाहको व्यवस्थापन गरिने बताएका छन ।
शिशु कसको हो भन्नेबारे केहि खुलेको छैन । शिशु कसले बेवारिसे छाड्यो भन्ने बारेमा अनुसन्धान जारी राखिएको प्यूठान प्रहरीले जनाएको छ । हाल शिशुलाई महिला तथा वालवालिकाको दिवा आवासमा राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्