सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले लिपुलेक मिचेको बिरोधमा प्रचण्ड र ओलीको संयुक्त विज्ञप्ती

भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ ।

नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

दुईदेशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएको छ ।

Prachanda and Kp oli Bigyapti

फेसबुकबाट कमेन्ट गर्नुहोस्