सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

लोकमानको षड्यन्त्र रोक्न रातारात महाअभियोग

mahendra-bdr-shahi

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेस सहित तीन दलबिच सहमति गर्न लागेको भए लोकमान विरुद्ध महाअभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा पेश गर्नु परेको बताएका छन् ।

सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँग कुरा गर्दै महाअभियोगका प्रस्तावक शाहीले कुरा चुहिएर महाअभियोग दर्ता हुनुअघि नै लोकमानले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै सांसदलाई पनि झुक्याउनुपरेको बताएका छन ।

शाहीले भने–‘महाअभियोग लगाउनुपर्छ भन्नेमा सबै सांसदहरु अहिले पनि सहमत हुनुहुन्छ । उहाँहरुको गुनासो जानकारी दिइएन भन्ने हो, जानकारी दिएको भए प्रस्ताव दर्ता हुनै पाउने थिएन, खेल अर्कै भइसक्ने थियो ।’

उनले कांग्रेसलाई पर्खिएको भए महाअभियोग प्रस्ताव दर्ता हुन नसक्ने देखेरै एमालेसँग मिलेर रातारात गर्नुपरेको बताए । उनले भने–‘गुण्डाले टेण्डर कब्जा गरे जस्तै यो प्रस्ताव कब्जा हुन सक्थ्यो ।’

कांग्रेस अँझै पनि अलमलमा पर्नु र त्यस पार्टीका नेताहरुले अनेकथरी कुरा गर्नुले पनि त्यो आशंका पुष्टि भएको उनको दाबी छ । उनले भने–‘अहिले पनि देखिरहनुभएको छ, उहाँहरुलाई गाह्रो भइरहेको छ, यदि पर्खिएको भए खेल उल्टिन सक्थ्यो ।’

सांसद शाहीले लोकमानको पक्षबाट आफूलाई दबाब र धम्की आएको जानकारी गराएका छन । अब महाअभियोग कसैले रोकेर रोकिँदैन, कसैले तान भनेर तानिँदैन । शाहीले भने–‘मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS