सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

आक्रमणको तयारीमा रहेको सैन्य दस्ता नियण्त्रणमा

mangol-mulbasi-morchaka-karyakarta-pakrau

मंगोलबासी राष्ट्रिय फोर्स नामक भूमिगत सैन्य दस्ताको प्रमुख सहित १३ जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । प्रहरीको विशेष व्युरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फोर्सका राष्ट्रिय अध्यक्ष उपेन्द्र घर्तीमगर लगायतलाई सार्बजनिक गरेको हो ।

पक्राउ परेको टोलीमा नेपाल आयल निगम अगाडि पाँच वर्ष अगाडि बम विष्फोट गराउने टेम्बी शेर्पा (रामेछाप) पनि छन । निगम कार्यालय अगाडि २०६८ फागुन १५ गते बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।

पक्राउ पर्नेहरुमा फोर्सका अध्यक्ष उपेन्द्र घर्तिमगर, पुर्व क्षेत्रिय इन्चार्ज पृथ्वी नारायण लिम्बु, मध्य क्षेत्रिय इन्चार्ज टेम्डि शेर्पा, केन्द्रिय सदस्य सचिन पालुङ्वा, कमाण्डर सुवास राई तथा सदस्यहरु रविन श्रेष्ठ, बम बहादुर स्याङ्वो र अजय तामाङ रहेका छन् ।

त्यस्तै रोल्पाबाट पक्राउ परेका रामबहादुर बुढा मगर, लोक बहादुर बुढा मगर, चन्द्रबीर घर्तीमगर, दुजमान घर्तीमगर तथा जोग बहादुर घर्तीमगर बिरुद्ध हात–हतियार तथा खरखजाना ऐन अन्तर्गत म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भुमिगत शसस्त्र तथा आतिवादी समुहहरु मंगोल नेशनल फोर्स, मंगोल मुलबासी फोर्स (किराँत) र संयुक्त जातिय मुक्ति मोर्चाका केही ब्यक्तिहरु समेत आवद्ध रहेको मंगोल मुलवासी राष्ट्रिय फोर्स २०७२ सालमा गठन भएको थियो ।

mangolian-national-force

संगठनलाई पुर्व, मध्य र पश्चिम गरी तिन क्षेत्रमा विभाजन गरेका उनिहरुले आफ्नो सैन्य संगठनलाई ‘मंगोल नेशनल आर्मी’ को नामबाट सक्रिय गराएका थिए । त्यस अन्तर्गत मंगोल मुक्ति सेना र मंगोल मुक्ति कमाण्डो गरी दुई किसीमको सैन्य दस्ता रहेको देखिन्छ भने विशेष प्रयोजनका लागी स्पेशल टास्क फोर्स समेत गठन गरेको पाईएको छ ।

पक्राउ परेकाहरुको साथबाट दुई थान नलकटुवा पेस्तोल, दुई थान रिभल्बर, त्यसमा लाग्ने १२ राउण्ड गोली, बारुद लगायतका विष्फोट पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

mangol-mulbasi-forcebat-baramad-hatiyar

समूहका प्रमुख उपेन्द्र घर्तीमगर रुकुमको जाङ–२ का हुन । उनी सहितको भूमिगत समूहले रुकुमको जाङखार खोलामा सैन्य तालिम समेत लिएको प्रहरी बताउँछ । सैन्य तालिम दिने कार्यमा माओवादी पूर्वलडाकू विमल विक संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो समूहले बैंक तथा वित्तिय संस्थामा लुटपाट गर्ने योजना बनाएको र प्रहरी कार्यालयमा आक्रमण गर्ने असफल प्रयास गरेको विशेष व्युरोका प्रमुख डिआइजी बमबहादुर भण्डारीले जानकारी दिएका छन ।

लुटपाट र आक्रमण गर्ने योजना अनुसार रुकुमबाट यो समूह रोल्पा पुगेको थियो । त्यहाँबाट काठमाडौं हुँदै सिन्धुपाल्चोक जाँदै गर्दा गत बुधबार भक्तपुर र सिन्धुपाल्चोकबाट हतियार सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगोलबासी राष्ट्रिय फोर्स नामक सैन्य दस्ताले रुकुममा जनअदालत समेत गठन गरेको र तत्कालीन विद्रोही माओवादीकै सैन्य फर्मेसन अनुसार क्षेत्रीय कमाण्डरहरु तोकेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS