लोकमानको सम्पतीमाथि पनि छानबिन हुनुपर्छ
नेकपा एमालेका सचिव योगेश भट्टराईले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सेटिङ मिलाएर अकुत सम्पत्ति कमाएको आरोप लगाएका छन् । सोमबार दमौलीमा पार्टीकोे शुभकामना कार्यक्रममा बोल्दै उनले अरु सबैको सम्पत्ति छानविन हुँदा लोकमानको सम्पत्ति पनि छानविन गर्नुपर्ने बताएका छन ।
भट्टराईले भने–‘उनले केही किरा फट्यांग्रा समाते जस्तो गरेर अरुबाट सेटिङ मिलाएर कमाएका छन । उनको सम्पत्ति पनि छानविन हुनुपर्छ ।’ एमाले सचिव भट्टराईले द्वन्द्व बढाउनुको साटो राजीनामा दिएर द्वन्द्व त्याग्न पनि लोकमानलाई सुझाव दिएका छन ।
आफुलाई कानुनभन्दा माथि राखेर कार्कीले दलका नेतालाई बदनाम गरेर देशलाई संकटतिर लैजान थाले पछि बाध्य भएर आफुहरु लोकमान बिरुद्ध महाभियोग दर्ता गर्ने अवस्थामा पुगेको भट्टराईले बताएका छन । कांग्रेसलाई कार्कीका बारेमा प्रष्ट भएर प्रस्तावमा समर्थन गर्न आग्रह गर्दै भट्टराईले भने–‘लोकमानको सति गएर वैतरणी तरिन्न ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्