सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सामसुङद्वारा छुटसहित ‘ग्यालेक्सी नोट–८’ को घोषणा

samsung-note-8

‘ग्यालेक्सी नोट–७’ को असफलताबाट नराम्रोसँग हार बेहोरेको सामसुङले नोट–८ ल्याउने घोषणा गरेको छ । बिस्फोट हुने समस्या देखिएपछि सामसुङले ग्यालेक्सी नोट–७ कोे उत्पादन पूर्ण रुपमा बन्द गरेको छ ।

नोट ७ को उत्पादन बन्द गरे पनि नोटको लाइनअपलाई निरन्तरता दिने सामसुङले अठोट देखाएको छ । सामसुङको अफिसियल वेबसाइटमा अर्को बर्ष ग्यालेक्सी एस ८ र नोट ८ बजारमा ल्याउने जनाइएको छ ।

नोट ७ का कारण ब्राण्डले बेहोर्नु परेको क्षति न्यूनिकरण गर्न सामसुङले ग्यालेक्सी एस–७ र एस–७ एजका प्रयोगकर्ताले ५० प्रतिशत कम मूल्यमै नोट–८ र एस–८ किन्न पाउने ब्यवस्था गर्ने भएको छ ।

सामसुङ ग्यालेक्सी प्रयोगकर्ताले सामसुङ छाडेर अन्य ब्राण्डमा सिफ्ट हुनबाट रोक्न सामसुङले आधा मूल्यमै नयाँ सेट उपलब्ध गराउने योजना ल्याउन लागेको हो ।

वेबसाइटमा नयाँ मोडलहरुको रिलिज डेट र त्यसका बिशेषताहरु भने खुलाइएको छैन । सामसुङको यो कदमले प्रयोगकर्तालाई होल्ड गर्न केही हदसम्म भुमिका खेल्ने अनुमान गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्