सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईण्डियनलाई नेपाली नागरिक मान्न दबाव

indian-flag

भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिन अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको हो ।

परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यस सम्बधमा तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकेको बताएका छन ।

यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँ दिल्लीमा हुन लागेको एकदिने विदेश मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको परराष्ट्रका अधिकारीले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्