सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनतालाई हिँड्ने बाटो छैन, सांसदलाई हिँडेको भत्ता !

samsadlai-bhatta

कहीँ नभएको जात्रा संसद भवनमा । जनतालाई हिड्ने बाटो छैन, हाम्रा सांसदलाई अब हिँडेको पनि भत्ता । पैदल हिँडे वापत पैदल भत्ता, विदेश गए नेता भत्ता । भत्ताका नाम सुन्दै हाँसो लाग्दा ! जे नाम राखेर खाए पनि भो । खल्तीको जाने होईन, जनताको पसिना, मनपरी छ !

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधनका लागि बनेको विधेयकले सांसदहरुलाई ‘पैदल भत्ता’को पनि व्यवस्था गर्न लागेको छ । कानुन मन्त्रालयबाट प्रस्तावित उक्त विधेयकले सांसदहरुलाई विभिन्न १८ वटा शीर्षकमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

बिभिन्न १८ शिर्षकमध्येको १४ नम्बर सूचीमा ‘पैदल भ्रमण भत्ता’ समेत दिने उल्लेख छ । सांसदहरुलाई खुशी पार्न सरकारले सांसदहरुले चालेका प्रत्येक पाइलाको पैसा तिर्न लागेको हो । विधेयक अनुसार हरेक सांसदले अब एक कोष हिँडेपछि २५ रुपैयाँ भत्ता पाउने छन । सभामुखको भने एक कोष हिँडेको भत्ता ३० रुपैयाँ हुनेछ ।

एक रुपैयाँको सिटामोल किनेर खान नसकी ज्यान गुमाईरहेका जनताको मतबाट विजयी सांसदहरुलाई अर्को अनौठो सुविधा पनि प्रस्ताव गरिएको छ । अब सांसदहरु विदेश जाँदा सरकारले ‘नेता भत्ता’ दिने विधेयकमा प्रस्ताव गरिएको छ ।

यता जनता एक छाक राम्रोसँग खान नपाउने अवस्थामा बाँचीरहेका छन । सांसदहरु भने भएनभएका नाममा भत्ताका शीर्षक जुराएर खुला रुपमा जनताको पैसा दुरुपयोग गर्न लागीपरेका छन् । हुँदाहुँदा सभामुख, उपसभामुख, दलका नेता, सचेतक, समितिका सभापति, संसदका पदाधीकारी लगायतलाई सुविधा वापत साइकल रे !

विधेयक अनुसार अब सभामुख र विपक्षि दलका नेताले २ वटा साइकल पाउनेछन । गाडीमा चढ्ने सभामुख, उपसभामुख र नेताहरु कतिबेला साइकल चढ्ने हुन ! उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी कहाँ बस्ने हुन ! खेलौना साईकल त पक्कै होईन होला ! यो पनि अचम्मको सुविधा छ !

सभामुख र प्रतिपक्ष दलका नेताको सुरक्षामा सरकारले १०÷१० जना नेपाली सेना खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु पनि खटाएको हुन्छ । त्यस्ता पदाधिकारीको सुविधाका नाममा साइकल दिने प्रस्ताव राज्य कोषको सदुपयोग हो या दुरुपयोग सुविधा दिने र लिनेहरुले आफै जानुन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्