सम्पतीमाथी हकदाबी अब तीन पुस्तासम्मले मात्र
मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्ता सम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयक अनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने छ । त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन ।
साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्वस्था छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्