बर्दीमै पुलिसले रक्सी खाएर गरे बजारमा तमासा
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा कार्यरत प्रहरी सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन । अरु प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । सिद्विचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाही बीच हानाहान भएको हो ।
सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएको थियो । त्यसपछि उनका नजिकका साथीहरु सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए ।
त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताएका छन ।
‘अरुको झगडा मिलाउने पुलिस आफैं हानाहान गरेपछि हामीले छुट्याउने अवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्काे टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय पु¥याइएको स्रोतले बतायो ।
पक्राउ गरेर लगिएपछि ती जवनाहरुलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिंडेका प्रहरीहरु आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोसित बनेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्