सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खैनीवाला मन्त्रीको २४ घण्टापछी प्रष्टिकरण (भिडियोसहित)

संसद बैठक चलिरहेका बेला संसदमा खैनी खाएर थुकेको २४ घण्टापछी सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रष्टिकरण दिएका छन् । खैनी खाएर संसदमा थुकेको प्रकरणमा बिवादमा आएका मन्त्री केसीले आफुले खैनी खाएको नभई दालचिनी खाएको श्पष्ट पारेका छन ।

खैनी प्रकरणले मिडियामा भाईरल बनेका कांग्रेस नेता तथा सहरी विकास मन्त्री केसीले जे खाएर भएपनि संसदभित्र थुकेर आफूबाट गल्ती भएको स्वीकार गरेका छन । मन्त्री केसीले थुक्नुपर्ने आफ्नो बाध्यतालाई नबुझी आएको समाचारलाई हाँसो उठ्दो भएको टिप्पणी गरेका छन ।

मन्त्री केसीले आफु अस्वस्थ भएका कारण दालचिनी खाएको र अकस्मात घाँटी सर्कीएका कारण थुक्नुपरेको बताएका छन । केसीले संसदमा देखिएको दृश्यलाई स्वभाबिक गल्तीको भन्दै आफ्नो बचाउ गरेका छन ।

काठमाण्डौमा एक कार्यक्रममा बोल्दै केसीले भने–‘एक्कासि मलाई घाँटी सकर््यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो त्यसले मलाई हाँसो लागेको छ ।’

केसीले अगाडी भने–‘हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्