सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अवैध मदिरा नियन्त्रण गर्न राजस्व विभाग सक्रिय

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्री राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने मदिरा नियन्त्रण गर्न मदिरा उत्पादक, वितरक र नियामक निकायहरुबीच सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन नियममा भएका व्यवस्थाहरुलाई परिपालना गर्न सचेतनामूलक कार्यक्रम मार्फत् सचेतनामा अभिवृद्धि गरी सुधार गर्ने कार्यमा जोड दिइने र ऐन नियममा भएका व्यवस्थालाई अटेर गरी मदिराजन्य पदार्थको उत्पादन, पैठारी, ओसारपसार तथा बिक्री वितरण गरेको पाइएमा हदैसम्मको कारवाही गरिने जानकारी गराउनुभयो ।

राजस्व असुली, जनस्वास्थ्य र सामाजिक सदाचारितास“ग प्रत्यक्ष सरोकार रहने मदिराजन्य पदार्थहरुको अवैध कारोवार नियन्त्रण गर्न सम्पूर्ण प्रयास गरिने कुरा समेत उल्लेख गर्नुभयो । नियम र कानूनको परिपालना गरी वैध रुपमा कारोवार गर्ने करदातालाई पर्न गएका व्यवहारिक समस्या समाधान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्न विभाग सदैव तयार रहेको र व्यवसायीस“ग पनि विभागले सदैव सहकार्य र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

शर्माले अवैध मदिरा अन्तर्गत दुई प्रकारका कारोवार समाहित हुने र उक्त दुई प्रंकृतिका कारोवार अन्तर्गत उद्योगबाट उत्पादित मदिराको विना इजाजत तथा अवैध रुपमा गरिने विक्री वितरण र स्थानिय स्तरमा उत्पादित घरपाला मदिरा पर्दछन् भन्नुभयो । उहाँले सरोकारवाला निकायहरुले अवैध मदिरा नियन्त्रणका सन्दर्भमा प्रचार प्रसार, माइकिङ जस्ता कार्यक्रम गरेर जनचेतना जगाउनु पर्ने बताउनुभयो ।

सूचना र सुराकीलाई प्रभावकारी परिचालन गर्नुपर्ने बताउनुहु“दै सम्बन्धित निकायबीच समन्वय गरेर कार्यक्षेत्रमा परिचालित हुनुपर्ने उहाँको निर्देशन थियो । महानिर्देशक श्री शर्माले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, विभागले तोकेका राजमार्गका क्षेत्रमा मदिराजन्य व्यवसाय गर्नेले मदिरा र सूर्तीजन्य वस्तु वाहेक अरु व्यवसाय गर्न नपाउने बताउनुहुँदै सो सम्बन्धमा आक्रामक हिसावले अनुगमनलाई तिव्रता दिने जानकारी दिनुभयो ।

शर्माले विक्रेताले सवै कर समावेश भएको अन्तिम मूल्यसूची सवैले देख्ने गरी राख्नुपर्ने बताउनुहुँदै देशका विभिन्न भागमा हुने मेला, प्रदर्शनी, महोत्सवमा सहभागी हुने व्यवसायीले अस्थायी रुपमा अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने बताउनुभयो । कानुनको परिपालनाका लागि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएकालाई इजाजत नदिन प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रशासन समेतलाई अनुरोध गरी सकिएको बताउनुभयो ।

शर्माले सुरक्षा निकायको भूमिका सह्रानीय रहेको बताउनुहँदै अवैध मदिरा नियन्त्रणका लागि प्रहरीले विभाग अन्तर्गतका कार्यालयहरुसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो । उपमहानिर्देशक श्री राजेन्द्रकुमार पौडेलले मदिरा व्यवसायीहरुबाट उठेका जायज विषयहरुलाई नीतिगत रुपमा सुधार गर्दै लैजाने र अन्तःशुल्क टिकटमा रहेको समस्यालाई समाधान गर्दै जाने बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS