सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेनामा सय जना सेकेन्ड लेफ्टिनेन्टको आवश्यकता

फाईल फोटो

नेपाली सेनाले ‘अधिकृत क्याडेट’ पदमा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नका लागी दरखास्त आह्वान गरेको छ । अधिकृत क्याडेट पदका लागी योग्यता पुगेका नेपाली नागरीकले नेपाली सेनाको वेवसाईट www.nepalarmy.mil.np बाट अनलाई दरखास्त फारम भर्न सक्नेछन ।

उम्मेद्धारले भरेको फारमको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा स्वयं उपस्थित भएर दरखास्त पेश गर्न सक्ने भर्ना छनौट निर्देशनालयले जनाएको छ । समावेशी तथा खुल्ला प्रतिस्पर्धाका लागी कुल एक सय जनाका लागी दरखास्त आह्वान गरिएको छ ।

नेपाली सेनाको सेकेन्ड लेफ्टीनेन्ट अर्थात अधिकृत क्याडेट पदमा भर्ना हुन चाहनेले २०७३ माघ २१ गतेसम्म दरखास्त फारम बुझाई सक्नुुपर्ने विज्ञापनमा उल्लेख छ । दोब्बर दस्तुर तिरेर अन्तिम मितीको थप सात दिनसम्म दरखास्त फारम बुझाउन सकिने छ ।

प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह वा सो सरह उत्तिर्ण गरेकाहरु प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । प्रमाणपत्र तह उतिर्ण उम्मेद्धार १८ बर्ष पुरा भएर २१ बर्ष ननाघेको हुनुपर्ने छ भने स्नातक तह उतिर्ण १८ बर्ष पुरा भएर २४ बर्ष ननाघेको हुनुपर्ने छ ।

ईच्छुक उम्मेद्धारले भर्ना छनौट निर्देशनालाय जंगी अड्डा, मध्य पृतना हेडक्वार्टर हेटौंडा, मध्य पश्चिम पृतना सुर्खेत, पुर्वी पृतना सुनसरी, पश्चिम पृतना हेडक्वार्टर पोखरा र सुदुर पश्चिम पृतना दिपायलमा दरखास्त फारम बुझाउन सक्ने नेपाली सेनाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्