तीन दलबीच सहमति जुटेन
सदनको अवरोध खुलाउनबारे सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । र, सरकारले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ ।
संसदको बैठक केहीबेरमा बस्दैछ । त्यसअघि सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तीको आहृवानमा कांग्रेस, एमाले र माओवादीका शीर्ष तीन नेताको बैठक बसेको थियो ।
त्रिपक्षीय बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच ‘वान टु वान’ वार्ता समेत भएको थियो । तर, संविधान संशोधन विधेयकबारे सहमति जुट्न सकेन ।
सत्तारुढ दलहरुले संशोधन विधेयक टेबल गर्न मात्र दिन आग्रह गरेका थिए । तर, एमालेले सीमांकन हेरफेरको प्रस्ताव असंवैधानिक भएको दाबी गर्दै सदन नखुलाउने अडान लियो ।
संशोधन दर्ता भएदेखि नै एमालेसहितका विपक्षी दलहरुले त्यसको विरोधमा संसद अवरुद्ध पार्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्