सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साढे ४ करोड र १५ किलो सुन एकैरातमा बरामद

काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कर्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले राति सवा दुई बजे नागढुंगामा उक्त स्कर्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई २ लाख ६० हजार अमेरिकी डलर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी १ लाख १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिकहरु बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कर्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेका थिए ।

उनीहरु ठमेलको गजुर होटलबाट निस्किएर रसुवातर्फ लाग्ने क्रममा नागढुंगामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्