उद्योग तपाईको, उद्योगी तपाई, लगानी सरकारको !
के तपाईं १६ देखि ४० वर्षसम्मको बेरोजगार युवा हुनुहुन्छ, गाउँघरमै केही उद्यम गर्न चाहनुहुन्छ, १० जना युवा एकजुट हुन सक्नुहुन्छ, के तपाई कम्तिमा कक्षा ८ उत्तीर्ण हुनुहुन्छ ? यदी यो सबै कुरा तपाईसँग छ भने तपाईको लागि सरकारले सुनौलो अवसर ल्याएको छ ।
नेपाल सरकारको राष्ट्रिय युवा परिषद्ले आफ्नो आ.व.२०७३÷०७४ को बजेट अनुसार ७५ ओटै जिल्लाका २४० निर्वाचन क्षेत्रका लागि ‘एक वडा १० युवा, एक उद्यम कार्यक्रम’ ल्याएको हो ।
परिषदद्धारा प्रकाशित सूचना अनुसार इच्छुक बेरोजगार युवाहरुले ३० दिन अर्थात आगामी फागुन ३ गते भित्र आफूले गर्न चाहेको उद्यमको लागि निवेदन दिनु पर्नेछ ।
यसको लागि तपाईले ५ वर्षभित्र गर्ने व्यवसायिक कार्ययोजना (बिजिनेश प्लान) भने पेश गर्नुपर्नेछ । तपाईले कृषि, वन, पशुपंक्षि, विज्ञान, सूचना प्रविधि, सञ्चार, कला, संस्कृति, पर्यटन प्रवद्र्धन, निर्माण आदि स्थानीय स्रोत साधनमा आधारित विषयमा व्यवसायिक प्रस्ताव पेश गर्नुपर्नेछ ।
यसरी प्रस्ताव पेश गर्ने युवाहरुले १० जनाको एक समूह बनाउनु पर्नेछ । जसलाई नियमानुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्नेछ । यदी पुरानो दर्ता भएको भए नविकरण गर्नु पर्नेछ । समूहमा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ ।
व्यावसायीक समुहका लागी १० जना नै एकै वडाका हुनु पर्नेछ । विशेष परिस्थितिमा भने अन्य वडाका युवालाई पनि समावेश गर्न सकिने छ । सो सम्बन्धी विस्तृत विवरण तलको सूचनामा हेर्नुहोला ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्