सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृहलक्ष्मी ग्याँसका सञ्चालकको सुरा र सुन्दरी काण्ड

गृहलक्ष्मी ग्याँस उद्योगका सञ्चालक धर्मराज बर्तौलाले तरुनीलाई एकरातको पचास हजार सम्म खर्च गर्ने गरेको पाईएको छ । उनका तरुनी निकट श्रोतले दिएको जानकारी अनुसार ग्याँसको कालोबजारीको केही हिस्सा सुरासुन्दरीमा खर्चिने गरेका हुन् । वर्तौलाले दिनदहाडै यौनकाण्ड मच्चाइरहेका छन् ।

पोखराको गगनगौंडामा रहेको गृहलक्ष्मी ग्याँस उद्योगका सञ्चालक वर्तौलाले पोखरादेखि काठमाडौं सम्म सुरासुन्दरी काण्ड मच्चाउने गरेको पाईएको छ । विगत लामो समयदेखि कम तौल भएका ग्याँस सिलिण्डर बेच्दै आएका बर्तौलाले नवजवान युवतीदेखि विवाहिता महिलाहरुलाई आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको खुल्न आएको छ ।

यौनक्रिडामा लिप्त बर्तौलाले सुन्दरीलाई आफ्नै निजी गाडीमा दिनभरी घुमाउने र रात परेपछि होटलमा लगेर मस्ती गर्ने गरेका छन् । उनका कारण केहीलाई सास्ती भएको छ भने बर्तौलालाई मस्ती भएको छ । यो समाचार एन्टी क्राईम नेपालले तयार पारेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्