सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमानले जलाएकी सुनिता जिवन–मरणको दोसाँधमा

आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते भएकी नेपालगन्ज–१२ बाँकेगाउँ खटिकनपुरकी २२ वर्षीया सुनिता खटिकको उपचारमा समस्या भएको छ । विहिबार राति श्रीमानले लगाएको आगोबाट सुनिताको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।

आगलागीबाट सुनिताको स्तन, मुख र टाउको जलेको छ । उनको अवस्था गम्भीर छ । भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई छुट्टिएर बसेकी सासुले काठमाडौं लिएर आएकी छन् । सुनितालाई अहिले शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

उपचारका लागी अस्पताल भर्ना गरेपनि सुनितासँग उपचार खर्च समेत छैन । अस्पताल भर्ना गर्न १५ हजार धरौटी राख्ने रकम नभएपछि डाक्टर अर्चना रञ्जितले भनिदिएकी छिन् भने औषधिका लागि उनी नै जमानी बसेर उधारोमा लिइएको छ ।

डा. रञ्जितका अनुसार सुनिताको अवस्था अहिले पनि गम्भीर छ र, घाटीमा धेरै जलेकाले पाइप हाल्नु पर्ने हुनसम्छ । यसैबीच महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले शनिबार नै अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेपालगन्ज–१२ बाँकेगाउँस्थित खटिकको बसोबास रहेको खटिकनपुरका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नै २२ वर्षीया श्रीमती सुनिता खटिकलाई टुकीमा रहेको मट्टितेल खन्याइ आगो लगाइ मार्ने प्रयास गरेका थिए । श्रीमतीलाई आगो लगाउने राजेन्द्र फरार छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्