सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

३३ किलो सुनकाण्डमा विमानस्थलका सुब्बा पक्राउ

साढे ३३ किलो सुन तस्करीमा सघाएको भन्दै प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको छ । सिआइबीले श्रेष्ठलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो । सो अस्पतालका उनी आफैँ संचालक हुन् ।

सिआईविका अनुसन्धान अधिकृतका अनुसार तस्करहरुसँग मिलेर विमानस्थल भन्सारबाट सुन पास गराउने कार्यमा उनको सम्लग्नता भेटिएको छ । यसअघि प्रहरीले विमानस्थल भन्सारका २ जना कर्मचारी राजकुमार ढकाल र श्रीनारायण यादवलाइ पक्राउ गरिसकेको छ ।

गत पुस २१ गते दुवई हुदैँ काठमाडौं आएका गोपालबहादुर शाहीको साथबाट साढे ३३ किलो सुन बरामद गरेको थियो । त्यस लगत्तै प्रहरीले सुन लिन बसेका २ जनालाई पनि पक्राउ गरेको थियो । उनिहरुकै बयानका आधारमा श्रेष्ठ पक्राउ परेका हुन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्