भीम रावलको सुचनापछी नेपाली सेना तात्यो
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावलको एउटा गोप्य सूचना प्रमाणीत भएसँगै सुरक्षा निकाय सर्तक भएको छ । भीम रावलले सूचना दिनु, त्यसलगत्तै गत बिहीबार सिराहामा सिके राउतले सम्बोधन गर्नुबीच सम्बन्ध हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।
यता केही दिन अगाडि मात्र पूर्व गृहमन्त्री समेत रहेका रावलले भारतको पटनामा सिके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह, मधेसी मोर्चाका प्रतिनिधिहरुको एक गोप्य भेला बसेर नेपाल टुक्र्याउने बिषयमा छलफल गरेको भरपर्दाे सूचना आफूसँग भएको बताएका थिए ।
त्यसको भोलिपल्ट सिके राउत लगायतका बिखण्डनवादीहरुले सिराहामा सभा गरेका थिए । सैनिक स्रोतका अनुसार अहिले यही बिषयलाई लिएर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्व प्रधानसेनापतिहरुसँग छलफल गरिरहेका छन । भीम रावलले पटना भेलाबारे सूचना दिएपछि प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुलाई सोधको थिए ।
सुरक्षा निकायले पटनामा त्यस्तो कुनै भेला नभएको कुरा प्रधानमन्त्रीलाई जानकारी पठाएका थिए । त्यसपछि मधेसी मोर्चाका नेताहरुलाई के चाहियो र ? हामी देश टुक्रा पार्ने योजनामा लागेको हो भने हामीलाई कारबाही गरियोस, होइन भने भीम रावललाई कारबाही गरियोस भन्दै भाषण गरेका थिए ।
खासमा पटना भेलामा नेपालका मधेसी नेता, सशस्त्र समूहका नेता, सिके राउतमात्रै नभएर भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रतिनिधि, नेपालका लागि भारतीय राजदूत रञ्जित रे पनि सहभागी भएको प्रमाण नै बाहिर आएको छ । त्यसको ठीक दुई दिनपछि सिराहाको लाहानमा सिके राउतले आमसभालाई सम्बोधन गरेका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्