सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिक भए आईफोन एटका बिशेषता, टाढैबाट चार्ज

एप्पलले आउँदो सेप्टेम्बरमा आइफोन एट लञ्च गर्ने तयारी गरेको छ । आइफोन एट सबैभन्दा उच्च प्रविधिको हुने अनुमान गरिएको छ । यसै कारण यसको विशेषताको विषयमा मार्केटमा हलचल मच्चिएको छ ।

एप्पलले आईफोन एट लाई तार बिना नै चार्ज गर्नका लागि एक चीनियाँ कम्पनीसँग सम्झौता गरिरहेको बताइएको छ । डिजीटाइम्सको रिपोर्ट अनुसार एप्पलले ताइवान स्थित लाइट–अन सेमिकन्डक्टर फर्मसँग सम्झौता गरेको छ ।

आइफोन एटको चार्जिङ विशेषता यस्तो उच्च प्रविधिको हुनेछ कि यो छिटो र निकै टाढाबाट पनि चार्ज हुन सक्छ । यद्यपी, यसले कसरी काम गर्नेछ र कति टाढाबाट फोन चार्ज गर्न सकिन्छ भन्ने विषयमा भने खुलाईएको छैन ।

एप्पलले अब यसअघि प्रयोग गर्दै आएको टच आइडी फिँगरप्रिन्ट रिडर भन्दा भिन्न प्रविधि अपनाउने उल्लेख गरेको छ । जसले एप्पलका आउँदा आइफोन तथा आइप्याडको स्क्रिन हालको भन्दा फरक हुन सक्नेछ ।

एप्पलले अब उत्पादन हुने आफ्ना आइफोन र आइप्याडमा हालको टच आइडी प्रविधिलाई प्रतिस्थापन गर्दै बाओमेट्रीक सुरक्षा प्रविधि अपनाउने भएको छ जसले गर्दा एप्पलका आगामी उत्पादनहरुमा फुलफेस ओएलइडी डिस्प्ले रहन सक्ने बताईएको छ ।

आईफोन एटमा अप्टिकल फिँगर प्रिन्ट सेन्सीङ र प्रयोगकर्ताको मुहार चिन्न सक्ने प्रविधिको डिजाइन परिवर्तन हुने भएपछि डिस्प्लेको स्वरुप पनि परिवर्तन हुने बताइएको छ । आईफोन एटमा ‘wraparound’ OLED डिस्प्ले स्क्रिन हुनेछ ।

फोब्र्सको रिपोर्ट अनुसार एप्पलले चीनको इन्टलेक्चुअल प्रोपर्टी अफिसमा डुअल सिम कार्ड फिचरको लागि लाइसेन्सको माग गरिरहेको छ । यस्तै एक निवेदन अमेरिकाबाट पनि स्विकृत भएको खबर सार्वजनिक भएको थियो ।

एप्पलले हार्ड एण्ड सिरिजको फोनमा आफ्नो एक भिन्न स्ट्यान्डर्ड मेन्टेन गरेको छ । अहिलेसम्म एप्पलले जतिपनि फोन लञ्च गरेको छ ती सबै एउटा सिम राख्ने फोन हो । तर अब प्रयोगकर्ताको आवश्यकता देखेर कम्पनीले यो कदम उठाएको हुनसक्छ ।

यस्ता हुनसक्छन् आइफोन एटका अन्य विशेषताः

  • कर्भड वा एज टु एज डिस्प्ले
  • टच आइडीलाई हटाएर फोनको स्क्रिन ठूलो बनाइने
  •  आइफोन एट ४.७ इन्च र ५.५ इन्चमा उपलब्ध हुनेछन् ।
  • डुअल क्यामरा
  • A11 प्रोसेसर
  •  वाटरपु्रफ र डस्टपु्रफ

फेसबुकबाट कमेन्ट गर्नुहोस्