महतलाई बचाउन ४७ राउण्ड हवाई फायर
नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए ।
झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन् । तीनजनालाई रबरको गोली लागेको छ । लाठी प्रहारबाट अरू तीनजना घाइते छन् ।
सशस्त्र प्रहरीका एकजना घाइते भएको प्रहरीले जनाएको छ । रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन् । यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ का नवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्