भारतीय दुतावासमै नेपाली चेली वलत्कारमा परिन
तस्विरः वलत्कारी वजनाथ यादवलाई भारत फर्कन सहयोग गर्ने रअ अधिकारी पवन कुमार राई ।
यूएइमा रहेको भारतीय दूतावासमा रिसेप्सनिष्टको रुपमा काम गर्ने हिमानी भनेर चिनिने नेपाली चेली हुमालाई दुतावासमा कार्यरत एक सूरक्षाकर्मीले बलात्कार गरेको खबर सार्वजनिक भएको छ ।
आफू बलात्कृत भएको खबर हुमाले दूतावासका सुरक्षा प्रमुख पवन कुमार राईलाई बताएको तर उनले पीडितलाई बचाउ गर्नुको सट्टा बलत्कारीलाई यूएईबाट भारत फिर्ता हुन सहयोग गरेको सिजेपोष्टले बताएको छ ।
सिजेपोष्टका अनुसार गत जनवरी ११ तारिखका दिन यूएईको परराष्ट्र मन्त्रालयले युएईमा रहेको भारतीय दूतावासका सुरक्षा प्रमुख पवन कुमार राईलाई एक बलत्कारीलाई यूएईबाट भाग्न सहयोग गरेको विषयमा सोधपुछका लागि बोलाइएको थियो ।
भारतीय दुतावास युएईका सुरक्षा प्रमुख पवन कुमार राई दूतावासका खुफिया रअ अधिकारी हुन् । रिपोर्टका अनुसार सन् २०१६ डिसेम्बरमा पवन कुमारले ‘स्पार्क सेक्युरिटी सर्भिस’ नामक एक नीजि कम्पनीलाई सुरक्षाको सबै प्रबन्ध सम्हाल्नका लागि भाडामा लिएका थिए ।
दूताबासले नयाँ थपेको कर्मचारीमध्ये हिमानीलाई रिसेप्सनिष्टको रुपमा नियुक्त गरिएको थियो । स्पार्क सेक्युरिटी सर्भिसले नियुक्त गरेका स्थायी सुरक्षाकर्मी बजनाथले एक रात हिमानीलाई भारतीय दूतावासभित्रै बलात्कार गरेको बताईएको छ ।
पवन कुमारलाई हिमानीले यसबारे जानकारी दिए पनि उनले पीडितलाई सहयोग नगरी पीडकलाई यूएईबाट भारत फर्कन सहयोग गरेको बताइएको छ । बलत्कारी यादव युएईबाट भाग्न सफल भएपछि पवन कुमारले स्पार्क सेक्युरिटी सर्भिससँग सम्झौता रद्द गरिदिएका थिए ।
हिमानीले यस विषयमा यूएई पुलिसलाई जानकारी दिएकी थिईन । जवाफमा पुलिसले पवन कुमारलाई यसबारे स्पष्ट बयानको माग गर्दै यूएईको परराष्ट्र मन्त्रालयलाई पत्र काटेको थियो । पवन कुमारले सरकारी अधिकारीका अगाडि सफाई दिन नसकेपछी उनलाई ७२ घण्टाभित्र देश छोडन आदेश दिइएको थियो ।
त्यसपछी भारतीय राजदूत नवदिव सिंह आफैं यूएईको परराष्ट्र मन्त्रालयमा पुगी यूएईका अधिकारीलाई यसो नगर्न दबाब दिएको बताईएको छ । भारतीय परराष्ट्र मन्त्रालय र नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) अजिल कुमार डोभालले यस विषयलाई गुपचुप राखी साम्य बनाउन लागि परेको सिजेपोष्टको दाबी छ ।
पवन कुमारलाई अनुशासन सम्बन्धि केही कारावाही गरि यस विषयलाई गोप्य राख्न युएईको सरकारलाई उनीहरुले आग्रह गरेको बताइएको छ । भारतको गणतन्त्र दिवसमा युएईले भाग लिइरहेका बेला यस्तो घटना भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्