सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिके राउत बिरुद्ध यसरी गर्जिए प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा विखण्डनकारी तत्व मौलाएको भन्दै सरकार अब चुप लागेर नबस्ने चेतावनी दिएका छन । विद्युत प्रशारण लाइन उद्घाटन गर्न दोलखाको खिम्ति पुगेका दाहालले देशमा विखण्डनवादीको क्रियाकलाप बढ्दै गएको भन्दै त्यलाई निष्तेज पार्न सरकार तम्तयार भएर बसेको बताएका छन ।

प्रधानमन्त्री दाहालले भने–‘देशमा विखण्डनकारीहरू हाबी भइरहेका छन् । त्यसलाई निष्तेज पार्न सरकार अब चुप लाग्ने छैन ।’ उनले हिमाल¬–पहाड–तराई मिलाएर एकता गर्न आफु आतुर रहेको बताउँदै आफूलाई कुनै पनि विखण्डनकारीले रोक्न नसक्ने दाबी गरेका छन ।

उनले भने–‘बिखण्डनवादी शक्तिसामू सरकार चुप लागेर बस्दैन । नेपालको स्वाभिमानमाथि कुनै खालको सम्झौता हुँदैन, त्यसका विरुद्ध सरकार कठोर भएर उभिनेछ । हाम्रो राष्ट्रिय र भावनात्मक एकतालाई कसैले कमजोर पार्न सक्ने छैन ।’ यो उनको सिके राउत प्रति लक्षित भनाई थियो ।

दाहालले २०७४ माघ भित्र तीनै तहको निर्वाचन गराउन सरकार तयार रहेको बताएका छन । दाहालले भने–‘संविधान एक गतिशील दस्तावेज हो । यसलाई संशोधन गर्दै, परिमार्जन गर्दै सबैको स्वीकार्यता बढाएर अघि बढ्नुपर्छ, यसको बिकल्प छैन ।’

दाहालले राष्ट्रिय एकताको परिभाषा सधैं एउटै नहुने बताउँदै अगाडी भने–‘सामन्ती कालमा व्याख्या गरिएको राष्ट्रवाद गणतन्त्रको युगमा पनि उस्तै हुँदैन । समावेशी लोकतन्त्र नै वास्तविक राष्ट्रवाद हो, राज्यमा सबैको समान सहभागिताको व्यवस्था गर्नु नै राष्ट्रिय स्वाभिमान हो, राष्ट्रिय एकता हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS