सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चट्टान भेटिएपछी मेचम्ची खानेपानिमा सुस्तता

मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा देखिएको जटिलताले बहुप्रतिक्षित मेलम्ची खानेपानीको निर्माण समयमै सम्पन्न हुनेमा आशंका उब्जिएको छ । आयोजनाको छब्बीस किलोमिटर सुरूङमध्ये अब पाँच किलोमिटर सुरूङ पुरा गर्न बाँकी छ ।

सुरूङ खन्ने क्रममा खराब चट्टानका कारण निर्धारीत समयमा तोकिएको दूरी खन्न नसकेको मेलम्ची खानेपानी आयोजनाले बताएको छ । बाँकि ५ किलोमीटर सुरूङ खन्ने क्रममा खराब चट्टान भेटिएकाले जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन नसकेको आयोजनाले बताएको छ ।

आगामी असोजमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने योजना सहित रातदिन खटेर निर्माण कार्यलाई तिब्रता दिए पनि सुरूङ खन्ने क्रममा भेटिएको खराब चट्टानले बाँकि रहेको आठ महिनाको अवधिमा निर्माण पूरा हुनेमा आशंका उत्पन्न भएको हो ।

निर्धारीत समयमा पानी राजधानी ल्याउने हो भने अबको पाँच महिनाभित्र सुरूङ खन्ने काम सकिसक्नुपर्ने हुन्छ । बाँकि तीन महिना सुरूङको फिनिसिङ गर्न लाग्ने आयोजनामा कार्यरत ईञ्जिनियरले बताएका छन ।

पाँच महिनामा सुरूङ खनेर सक्न महिनामा कम्तिमा एक किलोमिटर सुरूङ खन्नुपर्नेछ । तर आयोजनको इतिहाँसमा एक पटक मात्रै एक महिनामा एक किलोमिटर सुरूङ खन्न सकिएको आयोजना स्रोतले बताएको छ ।

अहिलेको गति अनुसार काम गर्ने हो भने महिनामा बढीमा ६ सय मिटर मात्रै सुरूङ खन्न सकिन्छ । यदी यो गतिमा काम भयो भने सुरूङ खनेर सक्न मात्रै झण्डै आठ महिना लाग्छ । त्यो अवस्थामा मेलम्चीको पानी आउन अरू थप एक वर्ष लाग्न सक्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्