सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जन्मिएको केहीबेरमै अस्पतालबाट नवजात शिशु गायव

वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै एक नवजात शिशुको चोरी भएको छ । वीरगन्ज उपमहानगरपालि छपकैया–१ निवासी आशादेवी पासवानको शिशु जन्मिएको केहीबेरमा अस्पतालबाट हराएको हो ।

प्रहरी उपरीक्षक (डीएसपी) चक्रराज जोशीका अनुसा आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । शिशु जन्मेको केही समय पश्चात्त सासुले नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई सामान किन्न बाहिर गएकी थिइन् ।

सामान किनेर फर्किँदा शिशु र महिला दुवै भेटिएन । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि अभिभावक र गाँउलेहरुले प्रदर्शन गरेका छन् र अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाएका छन् ।

अस्पताल प्रशासनको भने शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले पनि केही हदसम्म परिवारबाटै लापरवाही भएको बताएको छ । अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि सबै बिग्रिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्