सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेशबाट श्रीमान अचेत भएर फर्केपछी श्रीमती पोईला

भूकम्पले भत्काएको घरको छेउमा टहरोभित्र एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी वृद्धा आमा घरी छोराको ¥याल पुछिदिन्छिन् त घरि दिसापिसाब सोहोर्छिन् । कसैगरी छोरालाई सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्ध पति र अचेत (कोमा) अवस्थाको छोरा सम्हाल्ने जिम्मेवारी उनै ६९ वर्षीया माया मगरातीको काँधमा छ ।

चाँगुनारायण नगरपालिका ९, संगमटोलका ४२ वर्षीय रामकृष्ण सार्की ०६६ फागुनमा परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरे । दुई वर्ष राम्रै कमाइ गरे । बिदामा घर आए । फेरि ०६८ असोजमा दोस्रोपल्ट साउदी पुगेका रामकृष्ण फागुनमा अस्वस्थ बने । उनको आशा निराशामा बदलियो । स्वास्थ्यले साथ दिएन ।

‘विदेशी भूमिमा पनि आफ्नो परम्परागत पेसाको (जुत्ता सिलाउने) काम गर्न पाएकोमा खुसी थियो, कमाइ पनि राम्रै थियो,’ उनका बुबा चतुरे सार्कीले भने, ‘त्यो खुसी धेरै दिन टिकेन, सिंगो परिवारमै ब्रजपात प¥यो ।’

दिनभरको ड्युटी सकाएर कोठामा आराम गर्दै गरेका रामकृष्ण एक्कासि अस्वस्थ भए । एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल लैजाँदा उनको शरीरका अंगले काम गर्न छाडिसकेको थियो ।

उनी चार वर्षयता कोमामा छन् । साउदीमा २ वर्ष कमाएको पैसा तीन महिना उपचार गर्दैमा सकियो । रामकृष्णको कमाइले नपुगेपछि कम्पनीले उनलाई ०६९ वैशाख १६ मा नेपाल फर्काइदियो ।

कमाउन गएका श्रीमान् कोमामा फिर्ता भएपछि दुई छोरी, एक छोरा र वृद्धवृद्धा सासू ससुरालाई छोडेर रामकृष्णकी श्रीमतीले दोस्रो विवाह गरेर गइन् ।

हाल रामकृष्णका छोराछोरी र वृद्धवृद्धा आमाबुबा बिचल्लीमा छन् । रामकृष्णलाई साउदीस्थित राजदूतावासले वीर अस्पतालसँग समन्वय गरी नेपाल पठाएको र सीधै वीर अस्पताल पु¥याइएको परिवारले जनाएको छ । तीन महिना वीर अस्पतालमा उपचार गराउँदा पनि उनको स्वास्थ्यमा केही सुधार भएन ।

उनका बुबाले भने–‘परिवारको आयस्रोत पनि नभएको र बिरामीको स्वास्थ्यमा केही सुधार नभएपछि डाक्टरकै सल्लाहमा भगवान भरोसा सम्झिँदै घरमा ल्याएर राखेका छौं ।’

केही महिना गाउँमा चन्दा उठाएर घर खर्च गरेको र हाल अन्नपात केही नहुँदा बिहान र बेलुका हातमुख जोर्न पनि धौधौ परेको उनले गुनासो गरे ।

‘सम्पत्तिको नाममा भएको घर पनि भत्किएर घडेरी मात्र बाँकी छ,’ रामकृष्णकी आमा माया मगरातीले भनिन–‘पकाएर खाने अन्न केही छैन, बालबच्चा पालौं कि अचेत छोरालाई स्याहारौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्