सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केटीले नामर्द भनेपछी मर्द हुँ भन्ने देखाउन वलत्कार

‘म र उनी एउटै स्कुलमा पढछौँ । स्कुल जाँदा आउँदा उनले मलाई सँधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् । मलाई किन नामर्द भनेको हो थाहा छैन । तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो । त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरेँ ।’

एक किशोरीमाथि बलत्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चर्चाको विषय बनेको छ । एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलत्कारमा पुगेर टुंगियो । केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुर्नस्थापना केन्द्रमा ।

प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन् । भूकम्पले दुवैको घर ढल्यो । गाउँमा बस्न नसक्ने भएपछि उनीहरू स–परिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए । पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन् । पीडक १५ वर्षका मात्र छन् । उनी ६ कक्षामा अध्ययनरत छात्र हुन् ।

घटना एक महिनाअघिको हो । १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सँधै नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कँदै गर्दा पीडित छात्र गौँडा ढुकेर बसिरहेका थिए । छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जर्बजस्ती बलात्कार गरे ।

घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ ग¥यो । ‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने । उनका अनुसार केटीले जिस्काएकै कारण बलत्कारको घटना भएको हो । प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्