सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमतीले छाडेपछी युवती बलत्कार गरे मंगलेले

सिन्धुपाल्चोकको सदरमुकाम नजिकैको बतासेमा एक युवकले बन्धक बनाएर युवती बलात्कार गरेको खुलेको छ । ६ दिनसम्म कोठामा बन्धक बनाएर एक युवाले युवतीलाई जर्बजस्ती बलात्कार गरेको प्रहरीको दाबी छ । घटना दुई महिना अघिको हो । ३१ वर्षीया मंगले तामाङले ‘नवलपुर क’ (परिवर्तित नाम) लाई ६ दिनसम्म आफ्नै कोठामा थुनेर पटकपटक बलात्कार गरेको प्रहरीले दाबी गरेको हो ।

एउटा सन्तानका बाबु मंगलेले श्रीमतीले छाडेपछि यौन प्यास मेटाउन युवतीलाई बन्धक बनाएको प्रहरीलाई बताएका छन् । यौन प्यास मेटाउन उनले २१ वर्षीया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई पक्राउ गरेर अदालत बुझाएपछि हाल उनी अदालतको आदेशमा थुनामा छन् । पीडक युवाले सहमतिमै सम्बन्ध राखेको दाबी गरे पनि पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा चलाएको हो ।

दुई महिनाको बीचमा बलात्कार अपराधको शृंखला यतिमा मात्रै रोकिएन । भाइले नै दिदीलाई जबर्जस्ती गर्न खोजे । घटना १८ माघको हो । भाइ घरमा पुग्दा दिदी बदाम गोडिरहेकी थिइन् । भाइ आएको देखेर दिदीले खुसी हुँदै खाजा बनाइदिने प्रस्ताव गरिन् । तर, भाइले खाजा नखाने बरु बेलुकी खाना खाने प्रस्ताव गरे ।

बेलुकी खानाअघि भाइले मादक पदार्थ सेवन गरे । नसाको सुरमा रहेका भाइले राति एक्कासी आएर दिदीलाई जबर्जस्ती गर्न खोजे । प्रहरीका अनुसार पटकपटक जर्बजस्ती प्रयासपछि दिदीले प्रतिकार गरिन् । गाउँले भेला भएपछि भाइ फरार भए । दिदीकै उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।

भूकम्पपछि मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जर्वजस्तीका घटना दर्जन बढी आएका छन् । आफन्तले नै जबर्जस्ती गरेका घटनाहरू धेरै आउने गरेको प्रहरीको भनाइ छ । अस्थायी टहरामा बसिरहेको अवस्थामा धेरै महिला असुरक्षित हुने गरेका छन् । वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएका महिलाहरू बढी यस्ता घटनाको सिकार हुने गरेको प्रहरीको भनाइ छ । टेलिभिजन र सामाजिक सञ्जालका कारण पनि यस्ता घटना हुने गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्