घरबाट खसेर जापानमा नेपाली विद्यार्थीको मृत्यु
जापानको ओकिनावामा चार तल्ले घरबाट खसेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । दाङ घर भएका संजीव चौधरीको मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जाँदा घरबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । चौधरी जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत थिए ।
अन्दाजी २०÷२२ वर्षका चौधरी अध्ययनरत भासा स्कुलकै होस्टलको चार तल्लामा केही साथीहरुसंग गफ गरेर निस्किए लगत्तै खसेको बताईएको छ । लगतै माथीबाट केही झरेको आवाज आएपछि विद्यार्थीहरुले चौधरीलाई भुईँमा खसेको अवस्थामा देखेका थिए ।
घटना लगत्तै चौधरीलाई अस्पताल लग्नुपर्नेमा अस्पताल नलगिएको प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएका छन । प्रहरी घटना लगत्तै आएको थियो । प्रहरी आउँदासम्म चौधरीको श्वास चल्दै गरेको भएपनि केही वेरमै चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
करिव १ बजे राती कामबाट फर्किएका चौधरी होस्टल पुगे लगत्तै केही बेर होस्टल बाहिर रहेका साथीहरुसंग गफ समेत गरि हिडेका थिए ।
आगामी महिनाबाट भाषा विद्यालयको पढाई सकाउन लागेका मृतक चौधरीको मृत्यु आत्महत्या वा दुर्घटना के भएको भन्ने विषयमा अनुसन्धान भईरहेको बुझिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्