सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समुन्द्रमा डुबेर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

अस्ट्रेलियाको सिड्नी स्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् । तीमध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीले बताएको छ ।

सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएका बेला काठमाडौंकी सृष्टि भण्डारी र झापाका सुदीप उप्रेती डुबेर बेपत्ता भएका थिए ।

उनीहरुका साथी पवन अधिकारीले दिएको जानकारी अनुसार साथीहरुसँगै समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि प्रहरीलाई जानकारी दिइएको थियो ।

प्रहरीले फेला पारेको शव सृष्टि भण्डारीको रहेको बताइए पनि आफन्तले अहिलेसम्म पहिचान गरिसकेका छैनन् ।

सुदीप तीन वर्षअघि तथा सृष्टि केही महिना अघि मात्रै विद्यार्थी भिसामा अस्ट्रेलिया गएको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्