सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मगर दिवस यसरी मनाउँदैछन जापानवासी मगरहरु

जापान स्थित तोचिगी, गुन्मा तथा ईवाराकी क्षेत्रमा बसोबास गर्ने नेपाली मगर समुदायले यस बर्षको मगर दिवस भब्यताका साथ मनाउने भएका छन । मगर संघ जापानको क्षेत्रिय समिति तोचिगीको अगुवाईमा मगर दिवसलाई भव्य र सभ्य बनाउन व्यापक तयारी गरिएको छ ।

जापान स्थित तोचिगीकेन, गुन्माकेन र ईवाराकीकेनलाई समेटेर गठन गरिएको मगर संघ क्षेत्रिय समितिले मगर दिवसका अवसरमा बिबिध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत हुने जानकारी दिएको छ ।

फेब्रुअरी २५ तारीखका दिन आयोजना गरिएको कार्यक्रममा जापानमा रहेका बिभिन्न नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने आयोजक मगर संघले जानकारी गराएको छ । कार्यक्रम संयोजक महेश पुनका अनुसार कार्यक्रममा नेपाली गित संगितका साथै सांस्कृतिक नृत्य प्रस्तुत हुनेछन ।

संघका अध्यक्ष तुलबहादुर सराङ्गकोटी मगरका अनुसार मगर दिवस बिशेष कार्यक्रम भएपनि कार्यक्रममा गैर मगर सबै नेपालीलाई आमन्त्रण गरिएको छ । कार्यक्रम मार्फत परदेशमा रहेका नेपालीहरुमाझ सद्भाव र भातृत्व कायम राख्नु पनि कार्यक्रमको मुल उद्देष्य रहेको अध्यक्ष सराङ्गकोटीले बताएका छन ।

कार्यक्रमलाई व्यवस्थित र सभ्य बनाउन मगर संघले महेश पुनलाई संयोजक तोकेको छ । सम्बन्धित क्षेत्रमा बसोबास गर्ने मगर र अन्य नेपाली दाजुभाई तथा दिदीबहिनि सकेसम्म नछुटुन भन्ने उद्देष्यले क्षेत्रगत हिसावले जिम्मेवारी तोकीएको संयोजक पुनले जानकारी दिएका छन ।

संयोजक महेश पुनका अनुसार कार्यक्रम फेब्रुअरी २५ तारीखका दिन बेलुकी ५ बजेदेखि सुरु हुनेछ । बिदाको दिन परेकाले सबै नेपाली दाजुभाई तथा दिदिबहिनि कार्यक्रममा उपस्थित हुने संयोजक पुनको विश्वास छ ।

कार्यक्रम तोचिगी सी स्थित तोचिगी स्टेशन नजिकै रहेको लाफा रेष्टुरेन्ट एण्ड बारमा हुने संयोजक पुनले जानकारी गराएका छन । एभरेष्टवाल डट कम कार्यक्रमको मिडिया पार्टनर छ भने भिडियो वाल युट्युव पार्टनर रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्